माओवादी र समाजवादीसहित १२ दल एउटै चुनाव चिह्नमा लडने « Khabarhub

माओवादी र समाजवादीसहित १२ दल एउटै चुनाव चिह्नमा लडने


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा राजनीतिक दलले एक चुनाव चिन्ह लिएर निर्वाचन लडने भएका छन्।

निर्वाचन आयोगमा दल दर्ता गराएका १२ वटा राजनीतिक दलले मंसिर ४ गते हुने संघीय संसद र प्रदेश संसदको निर्वाचनमा एकल चुनाव चिह्नमा निर्वाचन लडने भएका हुन।

निर्वाचन आयोगका अनुुसार एकल चुनाव चिह्नमा निर्वाचन लडनेमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसहित १२ राजनीतिक दल रहेका छन।

यसैगरी, मिननाथ देवकोटा नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी राष्ट्रवादी, युवराज पौडेल सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल र कृष्णगोपाल बञ्जरा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

उता, चरिराज गहतराज नेतृत्वको सामाजिक एकता पार्टी, राजु कार्की नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टीले पनि एकल चुनाव चिह्नमा निर्वाचन लडने भएका छन्।

पूर्व प्रहरी अधिकृत रमेश खरेल नेतृत्वको सुशाषन पार्टी, पुण्यप्रसाद प्रसाई नेतृत्वको सचेत नेपाली पार्टी, गंगालाल श्रेष्ठ नेतृत्वको नेपाल नौलो जनवाद पार्टी र रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टीले पनि एकल चुनाव चिह्नमा निर्वाचन लडने भन्दै निर्वाचन आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले जानकारी दिएका छन्।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ९ : १६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

काठमाडौँ– प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको

आज अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ,

पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला

कोरियाको सियोलमा मनाइयो सगरमाथा दिवस

काठमाडौँ– दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ