बालेनलाई हर्कको जवाफ- ‘मुख बजाउन छाडेर पाखुरा बजाउ’ « Khabarhub

बालेनलाई हर्कको जवाफ- ‘मुख बजाउन छाडेर पाखुरा बजाउ’


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा सवालजवाफ चलेको छ ।

मेयर साम्पाङले बुधबार साँझ पनि सामाजिक संजालमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ १ भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा काठमाडौँ महानगरका मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

साम्पाङले पुनः अर्को पोस्ट गर्दै भनेका छन्, ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’
यसमा बालेनको कुनै कमेन्ट छैन । तर साम्पाङ यत्तिमा रोकिएनन् । अर्को पोष्ट गरे । तेस्रो पोष्टमा साम्पाङले कुरा भन्दा धेरै काम गर्न बालेनलाई सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’
यसमा पनि बालेनले कुनै प्रतिक्रिया जनाएका छैनन् । उक्त पोष्टमा कमेन्ट गर्नेहरुले साम्पाङलाई संयमता अपनाउन सुझाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : १४ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको