बालेनलाई हर्कको जवाफ- 'मुख बजाउन छाडेर पाखुरा बजाउ' | Khabarhub Khabarhub

बालेनलाई हर्कको जवाफ- ‘मुख बजाउन छाडेर पाखुरा बजाउ’


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा सवालजवाफ चलेको छ ।

मेयर साम्पाङले बुधबार साँझ पनि सामाजिक संजालमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ १ भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा काठमाडौँ महानगरका मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

साम्पाङले पुनः अर्को पोस्ट गर्दै भनेका छन्, ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’
यसमा बालेनको कुनै कमेन्ट छैन । तर साम्पाङ यत्तिमा रोकिएनन् । अर्को पोष्ट गरे । तेस्रो पोष्टमा साम्पाङले कुरा भन्दा धेरै काम गर्न बालेनलाई सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’
यसमा पनि बालेनले कुनै प्रतिक्रिया जनाएका छैनन् । उक्त पोष्टमा कमेन्ट गर्नेहरुले साम्पाङलाई संयमता अपनाउन सुझाएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : १४ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती