विभिन्न स्थानमा चार जना मृत फेला  « Khabarhub

विभिन्न स्थानमा चार जना मृत फेला 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । 

चितवनको भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–५ मजुवास्थित खकरा खोलाको दहमा हाल पहिचान नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको कन्काई नगरपालिका–५ तारघेरास्थित सडकमा सोही ठाउँ बस्ने २९ वर्षीया सनती मुर्मु बुधबार मृत अवस्थामा फेला परेकी छन् ।  ताप्लेजुङको फुङलिङ नगरपालिका–९ नाङ्गेजन डाँडा बस्ने ४५ वर्षीया कमला लाम्गादे आफ्नै घर नजिकको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । 

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  २ : २४ बजे

नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, पूर्वसांसद र मन्त्रीलाई नराख्‍ने

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड