अभिनेता आर्यन अनुबन्धित फिल्म ‘सायरा’ विशाल देसाइले निर्देशन गर्ने  « Khabarhub

अभिनेता आर्यन अनुबन्धित फिल्म ‘सायरा’ विशाल देसाइले निर्देशन गर्ने 


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाइ निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीबार भारतको मुम्बईमा सम्झौता भएको छ । 

निर्माण कम्पनी डिबिआर मिडिया एन्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दशैँताका फिल्म छायांकन हुने बताए । 

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनुभयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ,’ मुम्बईमा रहेका निर्माता रघुले भने ।

निर्देशक देसाइले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए । ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ,’ निर्देशक देसाइले भने । आफू अहिलेसम्म नेपाल नआए पनि नेपाली जीवनशैलीसँग परिचित रहेको उनले प्रतिक्रिया दिए ।

निर्देशक देसाइले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरिसकेका छन् । यस्तै उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियलसमेत निर्देशन गरे । उनले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनले अमर प्रेममार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए ।

फिल्ममा अभिनेताको रुपमा आर्यन सिग्देल केही दिन अगाडि मात्र अनुबन्धित भइसकेका छन् । नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनको बलियो कमब्याकको रुपमा ‘सायरा’ हुने छ । फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् ।आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । 

उनले फिल्मको अन्य कास्ट एन्ड क्रिउको बारेमा केही समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन अप पूरा भएपछि पूर्ण रूपमा जानकारी दिने छौँ,’ प्रस्तुतकर्ता रघुले बताए । उनले फिल्मको कथावस्तुअनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । फिल्मको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केही प्रतिशत मेलबर्नमा समेत गरिने उनले जनाए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ४ : ५९ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय