काठमाडौँको फाेहोर अब केही दिनमा उठिसक्छ : बालेन | Khabarhub Khabarhub

काठमाडौँको फाेहोर अब केही दिनमा उठिसक्छ : बालेन


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर केही दिनमा उठाइसकिने बताएका छन् ।

सडकमा अहिले भइरहेको सम्पूर्ण अवरोधहरु हटेको र आज मात्रै २८४ गाडी फोहोर बन्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिए । शाहले आफूहरुसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेकाले समस्या रहेको बताएका छन् ।

‘यहि अवस्था कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ । हामीसँग सीमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ’ शाहले भनेका छन् ।

फोहर उठाउन महानगरले यातायात व्यवसायीसँग सहयोग लिएको थियो ।

महानगरको आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायतलाई उनले धन्यवाद दिएका छन् । महानगरलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थालाई सम्पर्क गर्न शाहले आह्वान गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ९ : ४५ बजे

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ