जापानमा एकै दिन दुई लाख ५५ हजारमा कोरोना संक्रमण पुष्टि « Khabarhub

जापानमा एकै दिन दुई लाख ५५ हजारमा कोरोना संक्रमण पुष्टि


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड– १९ को सङ्क्रमण भएको छ ।

यो सङ्ख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो ।

कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् ।

जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड –१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैया पाउन कठिन भएको बताएका छन् ।

यसैबीच, आज सिङ्गापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै सिङ्गापुरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ ।

त्यसैगरी आज उक्त सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ९ : ४९ बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार