पाकिस्तानद्वारा नेदरल्याण्ड्स ७ विकेटले पराजित | Khabarhub Khabarhub

पाकिस्तानद्वारा नेदरल्याण्ड्स ७ विकेटले पराजित


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- पाकिस्तानले दोस्रो ओडिआई खेलमा नेदरल्याण्ड्सविरुद्ध ७ विकेटको सानदार जित हात पारेको छ ।

नेदरल्याण्डमा भएको खेलमा कप्तान बाबर आजमसहित तीन ब्याटरको अर्धशतकमा पाकिस्तानले घरेलु टोलीलाई हराएको हो । योसँगै तीन ओडिआई खेलको सिरिज पाकिस्तानले एक खेल अगावै जितेको छ ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३३।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवान ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनमा अविजित रहे । सलमान अली अघा ३५ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा अविजित रहे । उनको पहिलो ओडिआई अर्धशतक हो । नेदरल्यान्ड्सका भिभियन किंग्माले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्स ४४।१ ओभरमा १ सय ८६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका बास डि लिडेले १ सय २० बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८९ रन बनाए । टम कपुरले ७४ बलमा ७ चौका र २ छक्कासहित ६६ रन बनाए ।

पाकिस्तानका हरिस रौफले ७।१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नवाजले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । नसिम साहले ६ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  १० : १९ बजे

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे