२५ उपाधि उचालेर रियलबाट मार्सेलोको बिदाइ | Khabarhub Khabarhub

२५ उपाधि उचालेर रियलबाट मार्सेलोको बिदाइ

फुटबलका एक अब्बल डिफेन्डरको शानदार उत्तरार्द्ध करियर



काठमाडौँ – हरेक फुटबलरको लागि मैदान कर्मभूमि हुन्छ । सबै फुटबलरको खेल जीवन र खेल जीवनपश्चातको समय मैदानको प्रदर्शनमा निर्भर हुने गर्दछ ।

एक फुटबलरले कुनै राष्ट्र वा क्लबसँग जोडिएको अवधिमा विभिन्न तरिकाले योगदान पुर्याएको हुन्छ । वर्षौसम्म एक वा बढी टोलीसँग खेलेपश्चात एउटा प्रश्न सिर्जना हुन्छ, अब के गर्ने ? यो प्रश्न त्यतिबेला झन् पेचिलो बन्छ, जब एउटा क्लबसँग सम्झौता सकिन्छ । तर, कोही पनि नयाँ सम्झौता गर्न तयार हुँदैन ।

कति खेलाडीले यस प्रश्नको उत्तरको लागि आफूलाई तयार गरेका हुन्छन् । कतिले सो बारे सोचेको नै हुँदैनन् । कतिले यस्तो उत्तर सार्वजनिक नगरे पनि भित्रभित्रै पीडादायी बनाइरहेका हुन्छन् ।

अहिले ठीक यस्तै पीडामा रियल मड्रिडका सुपरस्टार मार्सेलो छन् । उनी टोलीका पूर्वकप्तान हुन् । ट्रफी जित्ने खेलका नायक । ब्राजिलका राष्ट्रिय खेलाडी । तर, अहिले यी सुपरस्टार आफ्नै भविष्यका बारेमा घोत्लिरहेका छन् । जसले रियल मड्रिडमा सबथोक जितेर पनि जीवनमा अहिले केही नजितेजस्तो व्यवहार भोगिरहेका छन् ।

१५ वर्षअघि रियल मड्रिड जाँदा उनी केवल एक खेलाडी थिए । पछि भरपर्दा डिफेन्डर बने । कतिसम्म भने उनी लेफ्ट ब्याकबाट अगाडि पुगेर गोल गर्न सक्ने माहिर खेलाडी पनि थिए । त्यसमा उनले दिने पास त झन् कति हुन् कति । जसको हिसाबकिताब छैन ।

मार्सेलोले रियलबाट ५ वटा च्याम्पियन्स लिग मात्रै जिते । अरु सबै ट्रफी गरेर उनले रियलका लागि २५ उपाधि जिते ।

वर्तमान पुस्तामा रियलका खेलाडीमा सम्भवतः मार्सेलो सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन् । यति धेरै उपाधि जित्ने मार्सेलोलाई रियलले बिदा गरिसकेको छ ।

मार्सेलो अब कता जान्छन् ?
करिब १५ वर्ष रियल म्याड्रिडमा बिताएर सम्झौँता नविकरण नगरी बसेका मार्सेलोको अर्को गन्तव्य कुन क्लब हुन्छ भन्ने समर्थकरुको रुचीमा रहेको छ ।

सन् २०२१–२०२२ को यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेसँगै मार्सेलो भने परिवार र घुमफिर गरी समय व्यतित गरिरहेका छन् । रियल म्याड्रिडसँगको यात्रामा कुल २५ उपाधि जित्न सफल खेलाडी मार्सेलोको फुटबल परिवेशमा अर्को पाइला कहाँ जान्छ भन्ने फुटबल जगतको अर्को चर्चाको विषय बनेको छ ।

अर्को पनि चर्चा छ, उनलाई अहिलेसम्म कुनै पनि क्लबले आकर्षक प्रस्ताव गरेको छैन । युरोपका क्लबले उनलाई लिन मानेका छैनन् । घट्दो बढ्दो पैँसा भए पनि नभए पनि उनलाई किन्न कुनै पनि क्लब तयार छैनन् ।

यो स्वयंम मार्सेलो र उनका समर्थकका लागि चिन्ताको विषय हो ।

के सोझै सन्यास लिन सक्छन् मार्सेलो ?
फुटबलसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्काका अनुसार मार्सेलोलाई यूरोपियन क्लबबाट आर्कषक प्रस्ताव आएको छैन । साथै मार्सेलो अमेरिकी क्लब वा कतारतर्फको यात्रा नगर्ने योजनामा छन् ।

म्यार्डिडसँगको सम्झौता नवीकरण नभएसँगै मार्सेलो नाम लालिगाको भल्लाडोलिड, फ्रान्सेली टोली लायन, इटालीको एसी मिलान र टर्कीको फेनेरबाचे आदि क्लबसँग पनि जोडिएको थियो ।

उनको युवा समयको क्लब फ्लुमिनेन्ससँग पनि जोडिने चर्चा थियो । यद्यपि, कुनै टोलीसँग नजोडिएका मार्सेलोले सक्रिय फुटबल जीवनमा नै पूर्णविराम लगाउन चाहेको पनि बुझ्न सकिन्छ ।

तर, मार्सेलोलाई यो निर्णय लिन आवश्यकता छैन । किनकी उनी अझै पनि निकै राम्रो फुटबल खेल्छन् । र, उनलाई खेल्नमै आनन्द छ । खासगरि युरोप बाहिरका लिगमा पनि उनलाई खेल्न इच्छा रहेको हुनुपर्छ ।

फुटबल क्लबमै मार्सेलोको लगानी

मार्सेलोले २ फुटबल क्लबमा लगानी गरेका छन् । मार्सेलोले ब्राजिलयन क्याम्पियोनाटो पारानाइनेजको फुटबल टोली ‘अजुरिज’ र पोर्चुगीज दोस्रो डिभिजन क्लब ‘माफरा’ मा लगानी गरेका छन् ।

मार्सेलोले सन् २०१७ मा अजुरिजसँग जोडिएका थिए । माफरा भने ब्राजिली फुटबल र यूरोपेली फुटबल बजारलाई जोड्ने मार्सेलोको प्रयासको रुपमा देखिन्छ । मार्सेलोले आफ्नो लगानी भएको क्लबलाई बलियो बनाउन समय बिताउने हो कि भन्ने पनि सम्भावना रहेको छ ।

साथै मार्सेलोको सफल ‘क्याम्पस १२’ अभियानपश्चात उनले विद्यार्थीलाई व्यवसायिक फुटबलमा पनि भित्र्याउन जोड दिने सम्भावना पनि रहेको छ ।

यी टोलीहरुको तालिमलाई ध्यानमा राख्दै मार्सेलोले व्यवसायिक यात्रालाई तीव्र गतिमा लाने पनि देखिन्छ । यसकारण पनि मार्सेलोको संन्न्यास अरु खेलाडीभन्दा छिटो हुनसक्छ ।

रियल म्याड्रिडको ब्राण्ड एम्ब्यासेडर
मार्सेलोले १५ वर्षको अवधिमा ५४६ खेलमा प्रतिनिधित्व गरेका छन् । यो अङ्क आफैमा इतिहास हो । सो अन्तरालमा मार्सेलोेले म्याड्रिडको लागि २५ उपाधी जित्न पुर्याएको योगदान पनि प्रशंसनीय देखिन्छ ।

मार्सेलो र म्याड्रिडको सम्बन्धलाई हेर्ने हो भने विश्व फुटबलमा यी दुई एकअर्काको परिपुरक रहेको देखिन्छ । यो दौरान विश्वमा म्याड्रिडलाई विश्वमा परिचित गराउनेमा मार्सेलो एक महत्वपूर्ण पात्र हुन् ।

यस तथ्यलाई म्याड्रिडको व्यवस्थापनले सदुपयोग गर्न सके, मार्सेलो पक्के पनि ब्राण्ड एम्ब्यासेडरको भूमिकामा उपस्थित हुन सक्ने छन् । यो दुवै मार्सेलो र म्याड्रिडको लागि पनि फाइदाजनक हुने देखिन्छ ।

ट्रान्सफरमार्केटका अनुसार मार्सेलोले म्याड्रिडसँग सन् २०१४, २०१६,२०१७ र २०१८ गरी कुल ४ पटक फिफा क्लब विश्व कप जितेका छन् । ६ पटक म्याड्रिडलाई स्पेनिस च्याम्पियनको उपाधी जिताउन मद्दत पुर्याए ।

२ पटक स्पेनिस कप र ५ पटक स्पेनिस सुपर कपको यात्रामा पनि योगदान पुर्याए । मार्सेलोको उपस्थितिमा म्याड्रिडले ३ पटक यूईएफए सुपरकप र ५ पटक च्याम्पियन्स लिगको उपाधी उचालेको छ ।

आधुनिक पुस्ताका एक सुपरस्टार मार्सेलोको व्यवसायिक फुटबल यात्रा रियलबाट बहिगर्मनसँगै सकिन्छ वा अरु कुनै क्लबबाट पनि केही समय निरन्तर चल्छ ? यसको जवाफ उनका फ्यानले खोजिरहेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : ०८ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास