टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर « Khabarhub

टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी २१ असोजबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक हुनासाथ यसलाई विशेषत टिकटक बनाउनेको संख्या बढ्दै गएको छ । टिजरमा प्रयोग गरिएको संवादमाथि झन्डै तीन लाखभन्दा बढीपटक टिकटक बनेका छन् ।

नौ दिनअघि सार्वजनिक टिजरले युट्युबमा १० लाख बढी भ्युज पाइसकेको छ । टिजरमा मुख्य कलाकारहरू नायकद्वय दयाहाङ राई, सौगात मल्ल र नायिकाद्वय उपासनासिंह ठकुरी र उगेन छोदेन हाबी छन् ।

दर्शकले सौगात र उपासनाविचको संवादलाई पनि निक्कै रुचाएका छन् । ‘हामीले दुई मिनेटभन्दा लामो टिजर सार्वजनिक गरेका थियौं । यसबाट नै उत्कृष्ट प्रतिक्रिया पाएका छौं । अब, टिजरभन्दा अझै बुलन्द ट्रेलर सार्वजनिक हुनेछ,’ प्रस्तुतकर्ता किरण नेपालीले भने ।

फिल्ममा दीपक मनांगे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा मिठु तामाङ्नी सहनिर्मात्रीको रूपमा छिन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ३८ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको