लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


४ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१५ घर भई हाल पर्साको वीरगञ्ज बस्ने २२ वर्षीय रञ्जित शर्मा र वीरगञ्जकै जटाशंकर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

उनीहरूलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध नाइट्रोभेट छ सय ट्याब्लेट, डाइजेपाम नौ सय ३० एम्पुलसहित बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

उनका अनुसार बिहीबार बिहान वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नंको यात्रुवाहक बसलाई हेटौँडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा रोकी जाँच गर्ने क्रममा उक्त बसमा सवार रञ्जितले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषधी बरामद भएको थियो ।

बरामद लागूऔषधका बारेमा सोधपुछ गर्दा जटाशंकररले पठाएको भनी खुल्न आएको र रञ्जित बसभन्दा अगाडि ना २६ प ७९८० नंको मोटरसाइकलमा चितवनतर्फ गएको भनी बताएपश्चात् निजलाई समेत साथमा लिई चितवनतर्फ जाँदै गर्दा लोथरस्थित सडक किनारमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

बरामद लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ५ : ४२ बजे

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम