पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे दुर्भाग्य हुन्छः अध्यक्ष प्रचण्ड | Khabarhub Khabarhub

पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे दुर्भाग्य हुन्छः अध्यक्ष प्रचण्ड


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् ।

नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताए ।  निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनले दाबी गरे ।

उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए । पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई राखेको उनको भनाइ छ ।

उनले भने, “गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन् ।” जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको उनको ठम्याइ छ ।

उनले पार्टी एकता असाधारण काम थियो तर जनताको दबाबले सम्भव भएको बताए । पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै उनले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गरे । अब एकताको प्रक्रिया टुङ्ग्याउनका लागि केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै बाँकी रहेको उनले जानकारी गराए ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि यसले दुर्भाग्य हुने बताए । सहमति र एकताको आधारबाट विचल्लित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने उनको भनाइ थियो । अहिले पार्टीले जिम्मेवारी नदिएको भनेर बस्ने समय नभएकाले उनले सबैले सङ्गठन निर्माणमा लाग्नु आवश्यक रहेको बताए ।

यसैबीच नेकपा चितवनले पूर्णता पाएको छ । पार्टीका १५५ जना जिल्ला सदस्यलाई एकै साथ शपथग्रहण गराएर पूर्णता दिइएको हो । शपथग्रहण कार्यक्रममा नेकपाका नेता अमिक शेरचन, नेकपा ३ नं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, नेता सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : २० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी