पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे दुर्भाग्य हुन्छः अध्यक्ष प्रचण्ड « Khabarhub

पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे दुर्भाग्य हुन्छः अध्यक्ष प्रचण्ड


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् ।

नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलब्धिका रुपमा पार्टी एकता भएको बताए ।  निर्वाचनको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केही समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकिएको उनले दाबी गरे ।

उनले कम्युनिष्ट एकताप्रति जनताको अभिमत जाँच्ने ब्यारो मिटरका रुपमा निर्वाचनलाई लिइएको बताए । पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिक्रियावादी शक्ति र अवसरवादी शक्तिहरु अहिले पनि सल्बलाई राखेको उनको भनाइ छ ।

उनले भने, “गठबन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडियोस् भन्ने उद्देश्यका साथ प्रतिक्रियावादी र अवसरवादी शक्तिहरु लागिपरेका छन् ।” जनताको नैतिक दबाबका साथ खबरदारीले पार्टी एकता सम्भव भएको उनको ठम्याइ छ ।

उनले पार्टी एकता असाधारण काम थियो तर जनताको दबाबले सम्भव भएको बताए । पार्टी एकता टुङ्ग्याउनेतर्फ दुवै अध्यक्ष लागिरहेको बताउँदै उनले कार्यकर्तालाई विचल्लित नभई लाग्न आग्रह गरे । अब एकताको प्रक्रिया टुङ्ग्याउनका लागि केन्द्रीय संरचना, विशेष कमिटी, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै बाँकी रहेको उनले जानकारी गराए ।

पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताको अन्तिम चरणमा आइपुग्दा पार्टी एकताको दस्तावेजबाट जो कोही पछि हटे पनि यसले दुर्भाग्य हुने बताए । सहमति र एकताको आधारबाट विचल्लित नभई सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

पार्टी एकताबाट विचल्लित हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्दत पुग्ने उनको भनाइ थियो । अहिले पार्टीले जिम्मेवारी नदिएको भनेर बस्ने समय नभएकाले उनले सबैले सङ्गठन निर्माणमा लाग्नु आवश्यक रहेको बताए ।

यसैबीच नेकपा चितवनले पूर्णता पाएको छ । पार्टीका १५५ जना जिल्ला सदस्यलाई एकै साथ शपथग्रहण गराएर पूर्णता दिइएको हो । शपथग्रहण कार्यक्रममा नेकपाका नेता अमिक शेरचन, नेकपा ३ नं प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, नेता सुरेन्द्र पाण्डेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ७ : २० बजे

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित

मालपोतका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत

कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको