विप्लवका छोरा प्रकाशले गरे प्रशंसनीय काम « Khabarhub

विप्लवका छोरा प्रकाशले गरे प्रशंसनीय काम


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोराको प्रकाश चन्दको चौतर्फी तारिफ भएको छ । उनले गरेको कर्मका कारण तारिफ भएको हो ।

उनले केही दिन अघि कपिलवस्तुमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । बाबु भूमिगत भइरहेका बेला उनका छोरा प्रकाशले कपिलवस्तुस्थित शिवगढी नगरपालिका–३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

प्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरुको सहभागी रहेको शिविर अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा शहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको हो ।

स्वास्थ्य शिविरबाट २६ सय जनाले सेवा लिएको प्रकाशले बताए । उनका अनुसार स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ८ : २९ बजे

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र