साउन महिनामा कुन नाकाबाट कति वस्तु नेपाल भित्रियो ?  « Khabarhub

साउन महिनामा कुन नाकाबाट कति वस्तु नेपाल भित्रियो ? 


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा विभिन्न नाकाबाट नेपालमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६५ हजार रुपैयाँको वस्तुहरू भित्रिएको छ ।

भन्सार विभागका अनुसार सो अवधिमा २६ नाकामध्ये वीरगन्जबाट नेपालमा सबैभन्दा बढी वस्तुहरू आएको छ । वीरगन्ज नाकाबाट साउनमा ४७ अर्ब ७९ करोड ७६ लाख २३ हजार रुपैयाँको वस्तुहरू नेपाल भित्रिएको छ ।

गत साउनमा भैरहवा नाकाबाट १८ अर्ब ६ करोड ९० लाख ३८ हजार रुपैयाँ, विराटनगर नाकाबाट १६ अर्ब ३५ करोड १३ लाख ५० हजार रुपैयाँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ७६ करोड ९० लाख ७७ हजार रुपैयाँ र नेपालगन्जबाट ५ अर्ब २२ करोड ७३ लाख ९० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ ।

सोही समयमा मेची नाकाबाट ४ अर्ब ९ करोड ८ लाख ८२ हजार रुपैयाँ, रसुवागढीबाट २ अर्ब ४२ करोड ३८ लाख ४६ हजार रुपैयाँ, कैलालीबाट १ अर्ब ८७ करोड ३३ लाख ३० हजार रुपैयाँ, कृष्णनगरबाट १ अर्ब ७९ करोड ४३ लाख ४५ हजार रुपैयाँ, तातोपानीबाट १ अर्ब १८ करोड ३८ लाख ३१ हजार रुपैयाँ र जलेश्वरबाट ७० करोड ४४ हजार ४० हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत साउनमा नेपालमा सबैभन्दा कम वस्तु राजविराज नाकाबाट भित्रिएको छ । सो नाकाबाट उक्त अवधिमा २९ लाख १९ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ  ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : ०५ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र