धौलागिरि लघुवित्तको आईपीओको बाँडफाँट | Khabarhub Khabarhub

धौलागिरि लघुवित्तको आईपीओको बाँडफाँट


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक कार्यालयका अनुसार शेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित शेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता शेयर गोलाप्रथाबाट थप पाँच जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओमा कूल १८ लाख ६४ हजार छ सय ४० योग्य आवेदकबाट दुई करोड चार लाख ७५ हजार नौ सय ८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । कूल आवेदकमध्ये एक हजार दुई सय ८६ को १४ हजार एक सय ४० कित्ता शेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता शेयर)को ०.५ प्रतिशतअर्थात् पाँच हजार एक सय ५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशतअर्थात् १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार दुई सय ९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १२ : ३५ बजे

बाला चतुर्दशी मेला : पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं–  पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला

‘प्रतिनिधिसभा पुनस्थापना भए तत्काल ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार छ’

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले

भारत–अमेरिका एलपीजी सम्झौता : ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

एजेन्सी– भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपीजी आपूर्ति

प्रचण्डले भने- त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडानको योजना मैले ल्याएको थिएँ

काठमाडौं- नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीए)

शेख हसिनाविरुद्धको मुद्दामा अदालतले थाल्यो फैसला सुनाउन, मागिएको छ मृत्युदण्ड

काठमाडौं- अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल–१ ले बंगलादेशकी पदच्युत प्रधानमन्त्री शेख हसिना