११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात « Khabarhub

११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल विभिन्न देशबाट आयात गरेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको हो । 

गत साउन महिनामा कुल ११ अर्ब २१ करोड ७५ लाख ७१ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  सो मूल्यमा ५ करोड २८ लाख ६६ हजार २७५ लीटर कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको छ । 

साउनमा ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँका कच्चा भटमास तेल, ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल र १ अर्ब ५ करोड २० लाख ३ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ । 

नेपालमा कच्चा भटमास, पाम र सनफ्‌लावर तेल अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, भारत, मलेसिया र युक्रेनबाट आउने गरेको छ । साउनमा नेपालमा सबैभन्दा बढी कच्चा भटमाससनफ्‌लावर तेल अर्जेन्टिनाबाट आएको छ । सो समयमा अर्जेन्टिनाबाट ४ अर्ब १८ करोड ६४ लाख ९१ हजार रुपैयाँका भटमास र सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । 

यस्तै, साउन महिनामा द्वन्द्वग्रस्त राष्ट्र युक्रेनबाट ५० करोड १० लाख १८ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट नेपालले १२ अर्ब २० करोड ६५ लाख ९० हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको थियो । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १ : ०६ बजे

उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नत

बागलुङ– बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु

ठगीको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको

सभामुख अर्यालबाट बकर इदको शुभकामना

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश