११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात « Khabarhub

११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात


८ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल विभिन्न देशबाट आयात गरेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको हो । 

गत साउन महिनामा कुल ११ अर्ब २१ करोड ७५ लाख ७१ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  सो मूल्यमा ५ करोड २८ लाख ६६ हजार २७५ लीटर कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको छ । 

साउनमा ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँका कच्चा भटमास तेल, ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल र १ अर्ब ५ करोड २० लाख ३ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ । 

नेपालमा कच्चा भटमास, पाम र सनफ्‌लावर तेल अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, भारत, मलेसिया र युक्रेनबाट आउने गरेको छ । साउनमा नेपालमा सबैभन्दा बढी कच्चा भटमास र सनफ्‌लावर तेल अर्जेन्टिनाबाट आएको छ । सो समयमा अर्जेन्टिनाबाट ४ अर्ब १८ करोड ६४ लाख ९१ हजार रुपैयाँका भटमास र सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । 

यस्तै, साउन महिनामा द्वन्द्वग्रस्त राष्ट्र युक्रेनबाट ५० करोड १० लाख १८ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट नेपालले १२ अर्ब २० करोड ६५ लाख ९० हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको थियो । 

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  १ : ०६ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि