विश्वभर कोरोना संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु  « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु 


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

वर्ल्डमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा रहेका छ । भारतमा हालसम्म ४ करोड ४३ लाख ८६ हजार ८३६ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म फ्रान्समा ३ करोड ४४ लाख २८ हजार ७३८, ब्राजिलमा ३ करोड ४३ लाख ५० हजार ६३९ र जर्मनीमा ३ करोड १९ लाख ७० हजार ७७९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

विश्वमा रहेका संक्रमितमध्ये ५७ करोड ८७ लाख १६ हजार ७७५ जना निको भइसकेका छन् । अहिले विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ८६ लाख ९७ हजार २८७ रहेको छ ।

वर्ल्डमिटर्सका अनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वमा हालसम्म ६४ लाख ८२ हजार ५८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म १० लाख ६७ हजार ९६४ जनाको मृत्युको कारण कोरोना बनेको छ ।

कोरोनाका कारण ब्राजिलमा ६ लाख ८३ लाख ३२८, भारतमा ५ लाख २७ हजार ४८८, रुसमा ३ लाख ८३ हजार ८२९ र मेक्सिकोमा ३ लाख २९ हजार २२५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ७ : ३९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी