एमालेलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक : एमाले अध्यक्ष ओली  « Khabarhub

एमालेलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक : एमाले अध्यक्ष ओली 


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले आगामी ४ मंसिरमा हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन १६ प्रतिशत मत नपुग्ने बताएका हुन् । यसका लागि सक्रिय रूपमा एमाले सरकारले गरेका कामको प्रचारप्रसार गर्न उनले आग्रह गरे ।

गठबन्धनबाट एमाले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उनले मनोवैज्ञानिक भयबाट मुक्त भएर मत वृद्धिका लागि निर्वाचनमा खटिनुपर्ने बताए ।

स्थानीय तहको नतिजालाई आधारमा मानेर ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रणनीति बनाउनुपर्ने बताएका अध्यक्ष ओलीले एमालेविरुद्धको घेराबन्दी र षड्यन्त्र सतहमा हेर्दा चुनौतीपूर्ण देखिए पनि यो अभेद्य रहेको बताए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ४ : १९ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही