दुई हजार बढीले बुझाएनन् खर्च विवरण « Khabarhub

दुई हजार बढीले बुझाएनन् खर्च विवरण


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रङ्गेली– मोरङमा स्थानीय तह निर्वाचनका दुई हजार बढी उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन तोकेको समयमा थोरै उम्मेदवारले खर्च विवरण बुझाएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मोरङमा हालसम्म एक हजार १२ स्थानीय तह निर्वाचनका उम्मेदवारले मात्रै खर्च विवरण बुझाएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चार हजार तीन सय ४६ उम्मेदवार थिए ।

जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिएका १६ मध्ये नौ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । स्थानीय तहको कार्यापालिका निर्वाचनमा उम्मेदवारी दिएका एक सय १४ मध्ये १२ ले मात्रै निर्वाचन आयोगमा निर्वाचनको खर्च विवरण बुझाएका छन् ।

तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐनमा रु १५ हजार जरिवाना गरेर सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगले आदेश दिने व्यवस्था रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनकश्यप अधिकारीले बताए ।

उनले तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आयोगले गर्ने निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ८ : ५२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग