राष्ट्रपतिद्वारा ठेचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण « Khabarhub

राष्ट्रपतिद्वारा ठेचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गरेकी छन् । ठेचोमा हाल सञ्चालन भइरहेको १२ वर्षे जात्राअन्तर्गत सो भवानी मन्दिरमा एक महिना ताल्चा लगाउने परम्परा छ ।

महिना दिनपछि बिहीबार मन्दिर खोलेपछि राष्ट्रपति भण्डारीले फूल तथा प्रसाद ग्रहण गरेको मान्दिर गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।

गत साउन १० गते गठेमङ्गल अर्थात् गठामूग च¥हेका दिनदेखि हाल ठेचोमा नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा सञ्चालन भइरहेको छ । सो जात्रामा एक महिना नवदुर्गा भवानी देवीलाई ताल्चा लगाएर राखिने परम्परासँगै बिहीबार ‘येँ पञ्चदान’ का दिन उक्त ढोका खोलिएको थियो । सो जात्रा सञ्चालन भएदेखि नै राष्ट्र प्रमुखलाई प्रसाद पु¥याउन जाने चलन रहेको गुठीका पुजारी मालिले बताए ।

नवदुर्गाको प्रसाद लिएर आफूसँगै पुजारी गोपाल माली तथा गुठीका नाइके भक्तलाल माली, अर्का नाइके जितेन्द्र माली र नाइके पाँचभाइ मालीसँगै रमेश माली र सो भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली राष्ट्रपति निवास जानुभएको गुठीका अध्यक्ष मालीले सुनाए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  १० : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै