एनआरएनएको ९औं एसिया क्षेत्रीय बैठक शनिबारदेखि सुरु « Khabarhub

एनआरएनएको ९औं एसिया क्षेत्रीय बैठक शनिबारदेखि सुरु


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैङ्ककमा शनिबारदेखि सुरु हुँदै छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका,  महिला तथा युवा, नेपालमा लगानी, एआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा। बद्री केसीले जानकारी दिएका छन् । 

सम्मेलनमा थाईल्याण्ड, म्यानमार, सिंगापुरमा रहेका रैथानेहरूले उठाउँदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका साथ उठाउने तयारी त्यहाँस्थित नेपाली समुदायले गरेका छन् । 

सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेर बहादुर कुंवर बैंकक आइपुगेका छन् । 

सम्मेलनमा विशिष्ट अतिथिको रुपमा माननीय सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणी भद्र कंडेल शर्मा,  नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, समावेशी आयोगका सदस्य पुष्पराज  तिमिल्सिना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगकी सदस्य  मिर्जा अर्सद बेग, थाइल्याण्डका लागी नेपाली राजदूत गणेश प्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान  नेकपा (माओबादी केन्द्र) क केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख  ओम शर्मा लगायत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको छ ।

एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरू, युरोप, अमेरिका ओसियाना, अफ्रिका तथा मध्यपूर्वका ३० देशहरूबाट समेत गरी करिब ३०० प्रतिनिधिहरूको सहभागिता रहेको एशिया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले जनाए ।  

भाइचारा अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणाअनुरूप यो भेला आयोजना गरिएको आयोजकले जनाएको छ।  सम्मेलनमा संघका अध्यक्षद्वय कुल आचार्य, रविना थापा, डा। बद्री केसी समेतको उपस्थिति रहेको छ । सम्मेलनको दौरानमा राष्ट्रिय तथा स्थानीय कलाकारको विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिने तयारी छ । 

पूर्वअध्यक्षहरू अनुपस्थित

संघको क्षेत्रीय सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएका पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन कुमार पन्त लगायत संघका महासचिव गौरीराज जोशी सम्मेलनमा सहभागी भएनन् । सम्मेलनमा पूर्वअध्यक्ष भवन भट्ट मात्र उपस्थित छन् । संघको १० औं महाधिवेशन देखि शुरु भएको संघभित्रको तिक्तता मेटाउने अपेक्षा गरिएको सम्मेलनमा पूर्वअध्यक्षहरूको अनुपस्थितिले  सहभागीहरू खल्लो महसुस भएको छ । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  १२ : १९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।