दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता « Khabarhub

दोर्दी गाउँपालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच भेटवार्ता


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ दोर्दी गाउँपालिका अध्यक्ष एवं नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी र पाकिस्तानी राजदूत मिस्टर
हाईदरशाहबीच भेटवार्ता भएको छ ।
गाउँपालिका अध्यक्ष अधिकारी केही दिन अघि पाकिस्तानी राजदूतावास भवनमै पुगेर उनीसँग भेट गरेका हुन् । गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार भेटमा आपसी सहयोगको विषयमा र नेपालको समसामयिक विषयमा छलफल भएको छ ।

सो भेटका क्रममा पालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका र जिल्लाको गतिविधि जानकारी गराउनुका साथै विकासका लागि सहयोग गर्न आग्रह समेत गरेका छन् । त्यस्तै राजदूत हाईदरशाहले साथ सहयोग आगामी दिनमा पनि जारी रहने बताए । 

पालिका अध्यक्ष अधिकारी र पाकिस्तानी राजदूतबीच एक आपसमा सम्पर्क बढाई भोलिका दिनमा सम्बन्धलाई राम्रो बनाउँदै लैजाने सहमति समेत भएको छ । उक्त भेटका क्रममा पाकिस्तानी राजदूतले दोर्दी गाउँपालिकाको प्रयोजनका लागि ५ थान कम्प्युटर उपलब्ध गराएका छन् । राजदूत हाईदरशाहले पालिका अध्यक्ष अधिकारीले हस्तान्तरण गरेका थिए ।

राजदूतलाई पालिका अध्यक्ष अधिकारीले कम्प्युटर सहयोग गरेको भन्दै धन्यबाद व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ५ : ११ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर