सडक पुनः निर्माणको काम अगाडि बढाइदै  | Khabarhub Khabarhub

सडक पुनः निर्माणको काम अगाडि बढाइदै 


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– पहिराका कारण बन्द यहाँस्थित बनुवा घुम्तीको पासाङल्हामु मार्ग खुलाउने प्रयास अगाडि बढेको छ ।

गत साउन २५ गते रातिको वर्षासँगै आएको भल पानी अनियन्त्रित हुँदा पहिरो गई क्षति पुगेको करिब ४० मिटर भूभाग सडकमा ग्याबिन भर्ने काम छिटो छरितो अगाडि बढिरहेको हो । बीस मिटरभन्दा बढी गहिरो जोखिम स्थानमा संयमतापूर्वक गयाबिन पर्खाल लगाउनका लागि दैनिक ३५ कामदार परिचालन भइरहेको प्राविधिकले बताएका छन् । हालसम्म चार मिटर ग्याबिन भर्ने काम मात्र सम्पन्न भएको बताइएको छ ।
नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने सडक मार्ग भएका कारण छिटोछरितो काम अगाडि बढिरहेको छ । गयाबिन पर्खाल निर्माणमा संलग्न निर्माण व्यवसायी रवीन्द्र बुढाथोकीका अनुसार उक्त मार्ग आगामी आगामी असोज ७ गतेभित्र पूर्णरूपमा सञ्चालन गराइसक्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।

बनुवा घुम्ती इलाका क्षेत्रको उक्त प्रमुख मार्ग पहिराले क्षति पुर्‍याएपछि हल्का सवारीसाधन धारापानी, तारुके, बेलचौर आमभञ्ज्याङतर्फको ग्रामीण सडकबाट सञ्चालन गरिएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ठूला सवारी साधन सञ्चालन हुन नसक्दा उत्तरी क्षेत्रमा दैनिक उपभोग्य बस्तुको अभाव खड्किन थालेको छ ।

गत साउन २५ गते जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड जाने यात्रुलाई समेत सो पहिराले प्रभावित बनाएको स्थानीय बासिन्दाले बताएका छन् । सडक लड्नुको मुख्य कारण नालीको पानी थुनिरहेको स्थानीय बासिन्दाको भनाइ छ । गुह्रेखोला, भट्टगाउँ, ढाडेखोला समेतबाट एकत्रित भई आएको पानीले भीषण पहिरो आएका कारण नौबिसे क्षेत्रका १८ घर परिवारसमेत प्रभावित भएका छन् । सडकभन्दा केही दूरी तल सयौँ रोपनी धान खेतमा समेत क्षति भएको छ ।

वैकल्पिक मार्गका रूपमा बनुवा, चौकेटार हुँदै बोगटीटार तर्फबाट समेत सञ्चालन गराउन सकिने र सो मार्गमा प्रदेश सरकारको अनुदान सहयोगमार्फत ढाडेखोलामा गयाबिन भर्ने काम अगाडि बढेको उत्तरगया गाउँपालिका–५ का वडाध्यक्ष यमनाथ आचार्यले बताए  ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ६ : ३५ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक नै अवरुद्ध (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस