सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिन्छु : मन्त्री यादव « Khabarhub

सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिन्छु : मन्त्री यादव


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्तमान सरकारले सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए ।

पर्साको वीरगञ्ज महानगरपालिकाको हरपतगञ्जमा सडकको शिलान्यास गर्दै उनले सडक विकासको मुख्य आधारस्तम्भ भएको जिकिर गर्दै सडकको विकास भएपछि अरु कुराको स्वतः विकास हुने बताए।

सो अवसरमा वीरगञ्ज हरपतगञ्जको ड्राइपोर्ट सडकखण्डदेखि मनियारी, इटीयाही, भवानीपुर नहर रोड भएर जगरनाथपुर गण्डक नहर सडकखण्डदेखि राजमार्गसम्मको कालेपत्र सडक र नाला निर्माण सडकको मन्त्री यादवले शिलान्यास गरेका थिए ।

लामो समयसम्मको प्रतीक्षापश्चात् सो क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएकामा मन्त्री यादवले खुसी व्यक्त गर्दै सडक निर्माण भएपश्चात् सो क्षेत्रका किसानको उत्पादनले सहजरुपमा बजार पाउने बताए । सडक शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्जका प्रमुख राजेशमान सिंह, वीरगञ्ज–२० का वडाध्यक्ष रामकिशोर सिंह परागलगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय हेटौँडाले सडकको निर्माण गर्न लागेको हो । करिब साढे छ किलोमिटर लम्बाइको कालोपत्र सडक पुस मसान्त २०८१ भित्र सम्पन्न गर्ने गरी रु २० करोड ५७ लाख २१ हजारमा हिम सगरमाथा जेभी वीरगञ्जले निर्माणको जिम्मा पाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : ११ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद