म्याङ्लुङवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने « Khabarhub

म्याङ्लुङवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुमको– म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ । विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो ।

नगरपालिकाको न्युनतम २० युनिटसम्मको महसुल तिरिदिने भएपछि विद्युत् प्राधिकरणलाई समेत फाइदा पुगेको छ । नगरपालिकामा चार हजार छ सय घरधुरीले विद्युत् सेवा लिँदै आएका छन् । यी ग्राहकको न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल रु एक लाख ३५ हजार नगरपालिकाले प्राधिकरणलाई बुझाउने छ ।

नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि नगर क्षेत्रभित्रका उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने निर्णय गरेको थियो । सो निर्णयपछि दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई ठूलो राहत पुगेको नगर प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए ।

नगरपालिकाले नगरभित्रका नागरिकको सेवाका लागि न्यूनतम २० युनिट बराबरको महसुल रु ३० तिरिदिने थालेको भए पनि त्योभन्दा माथि विद्युत् युनिट खपत गर्ने ग्राहकले भने बाँकी रकम आफैँ बुझाउनुपर्ने उनले बताए। मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुल नगरपालिकाले एकमुष्ट प्राधिकरणलाई भुक्तानी गर्ने विषयमा सम्झौता भइसकेको छ ।

सो सम्झौतापछि उपभोक्तालाई घण्टौँ टाढाबाट हिँडेर महसुल बुझाउन आउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । म्याङ्लुङ बजार र आसपासका मुख्य चोकमा १२ वटा बत्ती बालिएका छन् । प्राधिकरणले सडक बत्तीको मात्रै मासिक रु ८० हजार महसुल उठ्ने गरेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : २२ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग