गठबन्धन आजको आवश्यकता हो : नेता डा. कोइराला | Khabarhub Khabarhub

गठबन्धन आजको आवश्यकता हो : नेता डा. कोइराला


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज यहाँ आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे।

नेता डा. कोइरालाले आगामी सङ्घीय निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने पनि बताए। उनले नेकांले विसं २०७४ को निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै ७७ जिल्लामा सङ्घीय संसद् वा प्रदेशसभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको धारणा राखे ।

नेता डा. कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शिता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिए। उनले जनतासँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै कांग्रेसले आगामी निर्वाचनबाट मुलुकमा दण्डहीनताको अन्त्य चाहेको धारणा राखे।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आगामी निर्वाचनमा जनताको घरघरमा पुगी उनीहरुको मन जितेर मत माग्नुपर्ने बताए । केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे।

कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विगतका तिक्ततालाई हटाई कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे।

क्षेत्र नं ६ का सभापति देवराज तामाङ, प्रदेशसभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चापागार्इं र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान् कार्यकर्ताको मूल्याङ्कन हुनुपर्ने धारणा राखे।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  २ : ५० बजे

बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सम्पन्न

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित ३३ औँ शाक्यमोन्लम पूजा सम्पन्न

एकीकृत समाजवादीमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले

सुदूरपश्चिमको राजधानी स्थापना अझै अनिर्णित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको दुईतिहाई बहुमतले स्थायी राजधानी रहने स्थानको

एमालेको भ्रातृसंस्था अनेरास्ववियुले निःशुल्क ट्यूशन कक्षा चलाउने

काठमाडौं – सत्तारुढ नेकपा (एमाले) को भ्रातृसंस्था अनेरास्ववियु काठमाडौं जिल्ला

विद्रोहीले कब्जा गरेको सिरियामा ईयूले पुनः दूतावास खोल्ने

एजेन्सी – यूरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुखले तानाशाही