माग सम्बोधन नभए भदौ २७ देखि सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा « Khabarhub

माग सम्बोधन नभए भदौ २७ देखि सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २० औँ सत्याग्रह २ साता पछि सारेका छन्। डा. केसीले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाएको भन्दै भदौ २७ गतेदेखि २० औँ सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। माग पुरा नभए यही भाद्र २७ गतेदेखि सत्याग्रह सुरु गर्ने केसीले बताए। यसअघि केसीले भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए।

केसीले स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउन माग गरेका छन्।

जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्दै सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने उनको माग छ।

केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न पनि माग गरेका छन्। गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायतका माग उनले अघि सारेका छन्।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ४ : ३६ बजे

प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार !

काठमाडौं – गायक प्रकाश सपुतको गीत ‘यो देश मेरो पनि

भिनिसियस भर्सेज हालाण्ड : विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज

काठमाडौं- विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा

सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी

काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने

काठमाडौं– पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक