नेपाल र अष्ट्रेलिया परराष्ट्र सविचस्तरीय बैठक सम्पन्न  | Khabarhub Khabarhub

नेपाल र अष्ट्रेलिया परराष्ट्र सविचस्तरीय बैठक सम्पन्न 


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र अष्ट्रेलियाका परराष्ट्र सचिवस्तरीय बैठक सम्पन्न भएको छ ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको बैठकमा नेपालको परराष्ट्र सचिव भरत राज पौड्याल र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्स सहभागी थिए ।

बैठकमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । द्विपक्षीय सहायता बढाउने विषयमा पनि बैठकमा छलफल भएको क्यानभेरास्थित नेपाली दूतावासले जनाएको छ ।

बैठमा नेपाल र अष्ट्रेलिया सरकारबीच जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल सरकारका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रेलियाको विदेश तथा व्यापार विभागका सचिव जान एडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ४९ बजे

हात्ती धपाउन जोखिम मोलेर विद्युतीय घेराबारा

झापा– मेचीनगर नगरपालिका–११ का शान्तिराम चिमरियाले जंगली हात्ती नपसोस् भनेर

जब शिक्षकले नै ब्यानर टेक्दै हिँडे… (तस्बिरहरू)

काठमाडौं- विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै

जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल

सुदूरपश्चिम– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा

भारत-चीनका राजदूत बोलाएर लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गरौँ : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारसँग भारत र चीनका

दार्चुलामा जिप दुर्घटना : ११ जना घाइते, चारको अवस्था गम्भीर

खलङ्गा– दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्