भिएलएनको घुस प्रकरणमा मलेसियाका पूर्व उपप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाइँदै « Khabarhub

भिएलएनको घुस प्रकरणमा मलेसियाका पूर्व उपप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाइँदै


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशियाका पूर्व उपप्रधानमन्त्री डाक्टर अहमद जाहिद हमिदीविरुद्ध विदेशी नागरिकलाई उपलब्ध गराइने भिसा प्रणालीमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता हुने भएको छ ।

मलेशियाको भ्रष्टाचारविरुद्धको आयोगले डाक्टर हमिदीविरुद्ध बुधबार (भोलि) अभियोग दर्ता गराउनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट अनुमति लिइ सकेको मलेसियाको सञ्चारमाध्यम द स्टारले जनाएको छ ।

मलेशियाको भ्रष्टाचारविरुद्धको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा डाक्टर हमिदीविरुद्ध राजधानी क्वालालम्पुरस्थित सेसन्स कोर्टमा बुधबार र शाह आलम सेसन्स कोर्टमा बिहीबार मुद्दा दर्ता गराउने तयारी गरेको छ । यसअघि उनलाई सोमबार गिरफ्तार गरिएको र पछि जमानतमा रिहा गरिएको समेत द स्टारले जनाएको छ ।

मलेसिया सरकारले पछिल्लो समय मलेसिया रोजगारीमा जाने कामदारमाथि आर्थिक भार थप्दै आएका संस्था बन्द गर्ने प्रक्रिया थालेको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ६ : ११ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक