उम्मेदवारी सिफारिस गर्दा पैसा नउठाउन कांग्रेसको निर्देशन « Khabarhub

उम्मेदवारी सिफारिस गर्दा पैसा नउठाउन कांग्रेसको निर्देशन


१३ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो ।

७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न(नउठाउन निर्देशन दिइएको छ ।

‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु–उठाउनु विधान विपरित कार्य हुने भएकाले त्यस्तो नगर्नु÷नगराउनु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ८ : १८ बजे

स्कुटरसहित पानीमा डुबेको अवस्थामा पुरूषको शव

मकवानपुर- यहाँस्थित हेटौंडा उपमहानगरापलिका-५ क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एकजना

चामल, चिनी र तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा

काठमाडाैँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/०८३

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब दश वर्षपछि

एनसेल र बीवाईडी नेपालबीच आईओटी सिममार्फत कनेक्टेड भेहिकल अनुभव प्रदान गर्न साझेदारी

काठमाडौं– एनसेलले कनेक्टेड भेइकल सर्भिस उपलब्ध गराउनका लागि नेपालका लागि बीवाईडी

‘कर्णालीबासीलाई सिटामोल छैन, मन्त्रीका लागि लाखौँ खर्चेर उडाइन्छ हेलिकप्टर’

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले शक्तिशाली सरकार हुँदासमेत