एसिया कपबाट कोहलीको फर्म कसरी फर्किन्छ ? « Khabarhub

क्रिकेट

एसिया कपबाट कोहलीको फर्म कसरी फर्किन्छ ?

तीनै संरचनामा शतक खेल पूरा गरेपछि चर्चासँगै थपियो चुनौति



काठमाडौँ : दुबईमा एसिया कप चलिरहेको छ । उद्घाटन खेलमा अफगानिस्तानले श्रीलंकालाई हरायो । दोस्रो खेलमा भारतले पाकिस्तानलाई हराउँदै टी–ट्वान्टी विश्वकपको बदला लियो । गएको टी–ट्वान्टी विश्वकमा पाकिस्तानले पहिलोपटक भारतलाई १० विकेटले हराएको थियो । जुन भारतका लागि अहिलेसम्मकै सबैभन्दा खराब नतिजा थियो । दुबईमा खेल भइरहदा विश्वभरीबाट भारत र पाकिस्तानबीचको खेल करोडौले हेरेका थिए ।

आइसीसी लगायत ठूला प्रतियोगितामा मात्रै एकअर्काविरुद्ध खेल्ने भारत र पाकिस्तानको खेल सँधै चर्चामा रहन्छ । यसपटक दुई कारणले यी दुई विपक्षी देशको खेल चर्चामा रह्यो । पहिलो, सँधैको दुस्मनी । दोस्रो सुपरस्टार विराट कोहलीको फर्म ।

कोहली झण्डै सयौँ दिनपछि मैदान फर्किएका थिए । जसले पाकिस्तानविरुद्ध ३५ रनको योगदान दिए । जडेजासँगै उनले सर्वाधिक रन जोडे । पाकिस्तानविरुद्ध ३० रन कटाउनेमा कोहली, जडेजा र पाण्डया पनि हुन् । पाण्ड्याले अन्तिम ओभरको तेस्रो बलमा चौका हानेर १४८ रनको लक्ष्य पूरा गरेको विजयी ब्याट उठाएका थिए ।

पाकिस्तानविरुद्ध सँधै पहिलो नम्बरमा रहने कोहलीले यसपटक पनि त्यही गरे । ओपनर केएल राहुल डकआउट हुँदा रोहित शर्मा पनि सस्तैमा आउट भएका थिए । विराटले सुरुवातदेखि नै आक्रामक खेलेर टिमको जितको आधार तयार पारिदिएका थिए । त्यसमा जडेजाले कोहली बराबर योगदान दिँदा हार्दिकले विजयी रन बनाए ।

बलिङमा भारतका भुवनेश्वर कुमार र हार्दिकले कमाल गरे । हार्दिकले तीन र भुवनेश्वरले ४ विकेट लिए । सन् २०१८ को एसिया कपमा हार्दिक पाण्ड्या घाइते भएर मैदानबाट बाहिरिएका थिए । त्यसयता लामो समय हार्दिकले बलिङ गर्न सकेनन् । तर आफैँ कप्तान बनेर गुजरातलाई उपाधि जिताएका हार्दिकले सोही लिगबाट ब्याट र बलमा आफुनो फर्म फर्काएका थिए ।

पाकिस्तानविरुद्ध ३५ रन जोडेका विराट कोहलीको चर्चा अझै सेलाएको छैन । पाकिस्तानविरुद्ध यसअघि नै शतक बनाइसकेका कोहली सर्वाधिक रनकर्ता पनि हुन् । उनले यसपटक पनि टिमका लागि सर्वाधिक रनको योगदान दिए । कोहलीको फर्म फर्किन्छ कि फर्किदैन भन्ने चाँसो बढेका बेला उनी सही समयमा रन बनाउन लागेका छन् ।

यसले उनका फ्यानलाई राहत दिएको छ । उनले व्यक्तिगत रुपमा शतक बनाउन नसकेपनि टी–ट्वान्टीमा ३५ रन पनि ठूलो योगदान हो । जुन उनले पूरा गरेर टिमको जितको आधार तयार पारे । उनले नडराईकन केही आकर्षक शट पनि खेले । एक छक्का र तीन चौका हानेका उनले आत्मविश्वास पनि फर्काएका छन् ।

आइतबार पाकिस्तानविरुद्धकै खेलमा कोहलीले क्रिकेटका तीन वटै संरचनामा शतक खेल पूरा गरेका छन् । टेस्ट, एकदिवसीय र टी–ट्वान्टीमा पनि शतक खेल खेल्ने कोहली विश्वकै दोस्रो खेलाडी हुन् । यसअघि यो कीर्तिमान न्युजिल्याण्डका रोस टेलरको नाममा थियो ।

टेलरपछि कोहलीले पनि टेस्टमा एक सय, एकदिवसीयमा दुई सय र टी–ट्वान्टीमा पनि एक सय खेल खेलेका हुन् । एक समय विश्व क्रिकेटका तीन वटै वरियतामा उत्कृष्ट प्रदर्शन गरेर शीर्ष स्थानमा रहेका कोहली अहिले फर्म नभएर धेरै पछाडि परेका छन् ।

केही समयअघि उनी भारतीय टिममा पर्न संघर्ष गरिरहेका थिए । उनलाई आराम दिइएको भनेपनि फर्म नभएका कारण बीसीसीआईले खेल्न दिएको थिएन । तर उनलाई विश्वकपमा स्थान बनाउन एसिया कपमा मौका दिइएको थियो । जुन उनले पहिलो खेलमा आफू केही हदसम्म फर्ममा फर्किएको संकेत गरेका छन् ।

उनी पूर्ण रुपमा फर्ममा फर्किएको पुष्टि गर्न एसिया कपमा पहिलो टी–ट्वान्टी शतक बनाउन सक्नुपर्छ । उनले पछिल्लो तीन वर्षपछि शतक बनाउन सकेका छैन् । वर्तमान विश्व क्रिकेट खेलाडीमा सर्वाधिक ७० बनाउने कोहली एक मात्रै क्रिकेटर हुन् ।

तर उनले १००० दिनसम्म पनि शतक बनाउन नसक्दा उनको ब्याटले अब १०० एक सय रन पूरा गर्नेमा धेरै आशंका गरिएको छ । यस्तोमा टी–ट्वान्टीमा अहिलेसम्म शतक बनाउन नसकेका कोहलीले एसिया कपमै शतक बनाउनुपर्ने धेरैको दाबी छ ।

यदि उनले एसिया कपमा शतक बनाउन सकेमा सचिन तेन्दुलकरलाई पनि पछाडि पार्नेछन् । शतकको पनि शतक बनाएका सचिनले टी–ट्वान्टीमा शतक बनाउन सकेका थिएनन् । टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतक बनाएका सचिन विश्व क्रिकेटमा १०० शतक बनाउने एक मात्रै क्रिकेटर हुन् ।

दोस्रोमा अष्ट्रेलियाका पूर्व कप्तान तथा लिजेन्ड रिकी पोन्टिङ छन् । उनले ७१ शतक बनाएका छन् । तेस्रोमा ७० शतकसहित विराट कोहली छन् । कोहलीले शतक बनाउन सकेमा पोन्टिङको कीर्तिमान बराबरी गर्नेछन् । सचिनको कीर्तिमान यो पुस्तामा कोहलीले मात्रै तोड्ने धेरैको अनुमान छ ।

यसअघि निकै तीव्र गतिमा रन बनाएका कोहलीले सचिनका धेरै रेकर्ड तोडेका छन् । यदि अबका केही वर्षमा पुरानै फर्म शैलीमा कोहलीले शतक बनाउन सकेमा सचिनको रेकर्ड भंग हुनेछ भने आधुनिक क्रिकेटको श्रेय कोहलीलाई जानेछ । यद्यपी अहिले पनि वर्तमान विश्व क्रिकेटमा सबैभन्दा सफल, चर्चित र क्षमता भएका क्रिकेटरमा कोहली नै एक नम्बरमा आउँछन् ।

अब नामसँगै ब्याटको कामले कोहलीबाट शतक पूरा भएमा पुरानो फर्म मात्रै होइन, आउँदै गरेको विश्वकपको उपाधि दाबेदार टिम भारत बलियो हुनेछ भने सचिनको कीर्तिमान तोड्ने बाटोमा कोहली एक कदम अघि बढ्नेछन् । जुन कम्तीमा अहिलेको समयमा कोहलीबाट मात्रै आश गरिएको छ भने उनैले पूरा गरेर देखाउनेमा भारतीय क्रिकेट फ्यानमा भरोसा पनि छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  १२ : ३१ बजे

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको