डेङ्गु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान | Khabarhub Khabarhub

डेङ्गु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – जिल्लाको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ ।

हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेङ्गु सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेङ्गुका बिरामी फेला परेको कार्यालयले जनाएको छ ।

मकवानपुरमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा करिब तीन सातादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए ।

हेटौँडा र मनहरिका विभिन्न वडामा डेङ्गुबाट प्रभावितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौँको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पताल उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलिप्रसाद चौलागाईँले जानकारी दिए ।

डेङ्गुबाट सामान्य प्रभावितलाई हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ । डेङ्गुको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौँडा उपमहानगरपालिकाले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईँले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ६ : ५७ बजे

१२ वर्षमा गायन यात्रा सुरु गरेकी एन्जिला (भिडियो वार्ता)

काठमाडौं – एन्जिला रेग्मी नेपाली संगीतको चम्किलो नक्षत्र हुन्, जसको

करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

झापा– झापाको ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह

लगानीकर्ताका लागि उत्तम समय : कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज

काठमाडौं – नेपालको बैंकिङ क्षेत्रबाट प्रवाहित हुने कर्जाको ब्याजदर पाँच

अनिता अद्वानीको खुलासा: डिम्पल कपाडियाभन्दा अघि नै राजेश खन्नासँग विवाह

काठमाडौं – बलिउड अभिनेत्री अनिता अद्वानीले दिवंगत सुपरस्टार राजेश खन्नाबारे

नेपालमा रुबेला उन्मूलनको घोषणा, विश्व स्वास्थ्य संगठनबाट बधाई

काठमाडौं– बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ