आगामी निर्वाचन : समानुपातिकतर्फ ६८ दलले भाग लिने « Khabarhub

आगामी निर्वाचन : समानुपातिकतर्फ ६८ दलले भाग लिने


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् ।

निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा आन्तिममा ६८ दल कायम भएका हुन् ।

आयोगले ती दलको दर्ता नं, नाम, केन्द्रीय कार्यालयको ठेगाना, प्रमुख पदाधिकारीको नाम, निवेदन दर्ता गराउन आउने अख्तियारप्राप्त व्यक्तिको नाम र निर्वाचन चिह्नसहितको विवरण प्रकाशन गरेको छ । सो विवरणमा दर्ताका आधारमा जनमत पार्टीको ‘हर्न’ चिह्न पहिलो नम्बरमा रहेको छ ।

यस्तै नेपाली कांग्रेसको रुख–१५, नेकपा (एमाले)को सूर्य–२८, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको हसियाँ हथौडा–६०औँ क्रममा रहको छ । यस्तै ६८औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ चिह्न दर्ता भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : २४ बजे

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई