माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव « Khabarhub

माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–४ माल्वासे स्वास्थ्यचौकीमा सात वर्षदेखि पानीको अभाव हुँदा त्यहाँ कार्यरत कर्मचारी शौच गर्न आफ्ना घरतिर वा अन्यत्र जान बाध्य हुँदै आएका छन् । कार्यालय समयमा शौच गर्नु पर्‍यो भने पर रहेको घर वा अन्यत्र जानुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी रमेश सार्कीले बताए । अहिले स्वास्थ्यचौकीमा अनमीद्वय रिता बराल, विष्णुकुमारी राईलगायत आधा दर्जन कर्मचारीले यस्तो समस्या भोग्दै आएका छन् ।

अनमी रिताले भनिन्, “आकाशबाट पानी पर्‍यो भने मात्र आफूहरुलाई  स्वास्थ्यचौकीकै शौचालयमा शौच गर्ने अवसर मिल्छ  नत्र सधैँ घरै  पुग्नुपर्ने बाध्यता छ ।” आकाशे पानीलाई  धुरीको जस्ताबाट बलेसीमा झर्ने अनी पानी पाइपबाट संकलन गरी तल रहेको ट्याङ्कीमा जम्मा गर्ने गरिएका कारण पानी परेका बेला मात्र स्वास्थ्यचौकीमा शौच गर्न सहज भएको स्वास्थ्यचौकीका कर्मचारी बताउँछन् ।

त्यहीँ छानाबाट झरेको पानी उमालेर पिउँछौँ र बाँकी रहेको शौचालयमा प्रयोग गर्छौं, पानीको अभावमा काकाकूल जीवन बिताइरहेको कर्मचारी भन्छन्, ‘पानी नियमित पर्दैन जुन दिनुपर्छ त्यो दिन ट्याङ्की भरिन्छ, त्यसले जति धान्छ प्रयोग गर्ने र पानी सकिएपछि गाउँघरतर्फ जाने गरेका छौँ ।’

आठ/नौ वर्षअघि पाइपबाट ल्याएको पानी स्वास्थ्यचौकी माथि रहेको गाउँमा नै खपत हुने भएकाले यहाँ पानीको समस्या भएको स्वास्थ्यचौकीका अनमी बराल बताउँछन् । उनी भन्छन्, ‘जमिनमाथि पाइप बिछ्‌याएर पानी ल्याइएको छ, गाउँमा नै पानी अभाव छ, धेरै पानी गाउँलेले नै प्रयोग गर्दछन्, बीचबीचमा बाटो हिँड्ने र पशुचौपाया चराउन जङ्गल जानेले पाइप नै काटेर स्वास्थ्यचौकीमा पानी नआउने बनाएका छन् ।’

स्वास्थ्यचौकीमा पानीको पाइप मर्मतका लागि बजेट नभएको र सम्बन्धित निकायलाई जानकारी गराउँदा बेवास्ता हुने गरेका कारण लामो समयदेखि स्वास्थ्यचौकीका कर्मचारी र उपचारमा आउने बिरामीले पनि पानीको समस्या, झेलिरहन बाध्य हुनुपरेको स्वास्थ्यचौकीका कर्मचारीको गुनासो छ ।   

यस विषयमा गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगर भन्छन्, ‘स्वास्थ्यचौकी जस्तो संवेदनशील ठाउँमा पानी नहुनु अत्यन्तै दुःखद् हो, हामी यो समस्या  समाधान गर्छोैँ ।’ वडाध्यक्ष रविन्द्र खत्रीले आफ्नो कार्यकालमा वडाभित्र पानीको समस्या हुन नदिने र छिटै समस्या समाधान गरिने बताए । 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : १६ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले