होटेलको आडमा यौन धन्दा, २ जना पक्राउ « Khabarhub

होटेलको आडमा यौन धन्दा, २ जना पक्राउ


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- रेष्टुरेण्टमा रोजगारी लगाइदिन्छु भन्दै किशोरीलाई अवैध धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन देखाएर किशोरीलाई जबरजस्ती यौनधन्दामा लगाउने गरेको आरोपमा २ जना होटल सञ्चालकलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापको खाडादेबी गाउँपालिका–५ का ३० वर्षीय सुजन कार्की र सोही गाउँपालिका वडा नम्बर ४ घर भएका वर्ष २४ का रामचन्द्र कार्की रहेका छन् ।

विभिन्न जिल्लाका किशोरीहरुलाई काममा लगाइदिन्छु भन्ने प्रलोभनमा पारी सोही रेष्टुरेण्टमा ल्याई शारीरिक सम्पर्क गर्न बाध्य गराई मानव बेचबिखन ओसारपसार तथा वेश्यावृति गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उक्त रेष्टुरेण्टबाट ४ जना किशोरीको समेत उद्धार गरिएको छ। उनीहरुले ललितपुर–२ सानेपामा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालन गर्दै आएका थिए ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : २२ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया