पार्टीले टिकट दिनेमा विश्वस्त छु : उपसभामुख भुसाल | Khabarhub Khabarhub

पार्टीले टिकट दिनेमा विश्वस्त छु : उपसभामुख भुसाल


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – उपसभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू अर्घाखाँचीबाट उम्मेदवार बन्ने संकेत गरेकी छन् ।

उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला पुगेकी भुसालले जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको भन्दै स्वाभाविक उम्मेदवारी रहने स्पष्ट पारेकी हुन् ।

युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिनु गर्ने भुसालले बताइन् । ‘हो नयाँलाई ठाउँ दिनुपर्छ भन्दाभन्दै पुरानालाई निषेध गर्नुहुँदैन’, भुसालले भनिन ‘नयाँले अवसर पाउनुपर्छ भन्दै गर्दा पुरानाले राजनीतिक इच्छा राख्नु स्वाभाविक हो । उनीहरूको अधिकार कुण्ठित गरिनुहुँदैन ।

टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख भुसालले टिकट पाउनेमा आफू विश्वस्त रहेको बताइन् । ‘पार्टीले टिकट दिनेमा विश्वस्त छु, दिएनछ भने जसले टिकट पाउनुहुन्छ उहाँलाई सहयोग गरेर अगाडी बढ्न तयार छु ।’ भुसालले भनिन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १२ : १४ बजे

हुम्लाको राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, चार घाइते

सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिका-७, राेडिकाेटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको

जोमसोम बजार जोगाउन तटबन्धन गरिँदै

मुस्ताङ– बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन

सागसब्जी बेचेर मासिक एक लाख आम्दानी

सुनसरी– प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्

‘झोला’का निर्देशक भट्टराईको फिल्म ‘झिल्को’ को टिजर सार्वजनिक, मोबाइल एडिक्सनको नौलो कथा

काठमाडौं – ‘झोला’ फिल्मका निर्देशक यादकुमार भट्टराईको नयाँ फिल्म ‘झिल्को’को