‘नेपाल घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक’ « Khabarhub

‘नेपाल घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक’


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको बताएका छन् ।  धर्मोदय सभाको ७७ औँ केन्द्रीय वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवर्द्धनको अहिलेको तौरतरिका बदलेर नेपाल हिमाल हेर्न र पदयात्रा गर्न मात्रै हैन  बारै महिना घुम्न सकिने सांस्कृतिक सम्पदायुक्त मुलुक पनि हो भनेर प्रचारात्मक अभियान थालिनु पर्नेमा जोड दिए । 

समाजमा विद्यमान अन्तरविरोध, तनाव र अस्वस्थ प्रतिस्पर्धालाई शान्तिमा रूपान्तरण गर्न बुद्धका सन्देशलाई व्यापक बनाउनुपर्ने उनको भनाइ थियो ।  उक्त साधारण सभामा बुद्ध धर्मको अध्ययन गरी खेन्पो (विद्यावारिधि) उपाधि हासिल गर्नुभएका तीन भिक्षु तथा भिक्षुणीलाई अभिनन्दन गरिएको थियो ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरबाट पञ्चशील प्रदान गरी शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका जेष्ठ सदस्य स्याङ्जाका ललित बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । संस्थाका महासचिव सागरमान बज्राचार्यले संस्थाले १३ औँ राष्ट्रिय सम्मेलन यसै वर्ष आयोजना गर्ने तयारी गरिरहेको जानकारी साधारणसभालाई दिएका थिए ।

 धर्मोदय सभाको ५६ जिल्लामा शाखाहरु रहेका छन् । यज्ञमान पति बज्राचार्यको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको पदावधि आजैदेखि समाप्त भएकाले यसै साधारण सभाले नयाँ कार्यसमितिको चयन गर्नेछ । उपाध्यक्ष ७, सचिव १ र सह-कोषाध्यक्ष १ पदका लागि भोलि आइतबार दिउँसो १ बजेदेखि भृकुटीमण्डपस्थित बुद्ध विहारमा मतदान हुने जानकारी महासचिव बज्राचार्यले दिएका छन् । 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ६ : १९ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि