बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले १७ लाख ४० हजार ६६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवर, तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य–सचिव काशिराम शर्मा रहेका छन् ।

दायर गरिएको मुद्दामा प्रत्येकसँग ३४ लाख ८० हजार १३२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

बागलुङ नगरपालिकाले प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी नदीजन्य पदार्थको कर संकलन गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरूले  ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा बिक्री वितरण दर घटी निर्धारण गरेर सोही आधारमा राजस्व सङ्कलन गरी सरकारलाई हानी नोक्सानी पुर्‍याएको पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ६ : ३० बजे

डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता

काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको

अर्थतन्त्रमा गम्भीर दबाब : सञ्चित कोषमा सवा खर्ब घाटा, सार्वजनिक ऋण १० वर्षमा दोब्बर, तिर्नै मुस्किल

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ७६ बुँदे

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर– कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न

सांसदहरूको सुझाव : निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र अघि बढाऔं

काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि