गुल्मीमा डेंगु संक्रमण बढ्दै « Khabarhub

गुल्मीमा डेंगु संक्रमण बढ्दै


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गुल्मीमा १२२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । अहिलेसम्म गुल्मी अस्पताल, विभिन्न क्लिनिक तथा पालिकाका स्वास्थ्य संस्थामा गरी कुल १२२ जनामा डेंगुको संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लाको सत्यवती गाउँपालिकामा सबै भन्दा धेरै एक सय जनामा संक्रमण देखिएको छ। त्यस्तै, रेसुंगामा १०, छत्रकोटमा छ, इस्मामा तीन तथा मुसिकोट, मदाने र गुल्मी दरबार गाउँपालिकामा एक–एकजनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित बढ्दै गएपछि केही स्वास्थ्य संस्थामा डेंगु परीक्षण गर्ने किटको समेत अभाव भएको छ। तर, गुल्मी अस्पतालमा भने अहिलेसम्म किट अभाव नरहेको अस्पतालका ल्याब इन्चार्ज लक्ष्मण पन्थीले जानकारी दिए।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ५७ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै