एमाले उदयपुर : प्रतिनिधि सभा सदस्यमा ११ जनाको नाम सिफारिस « Khabarhub

एमाले उदयपुर : प्रतिनिधि सभा सदस्यमा ११ जनाको नाम सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।

उदयपुरको २ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट ६ जनाको नाम सिफारिस भएको छ ।

आइतबार बसेको नेकपा एमाले उदयपुरका दुवै क्षेत्रको बैठकले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो।

जिल्लाको क्षेत्र नम्बर १ बाट एमाले पोलिटब्यूरो सदस्य मञ्जुकुमारी चौधरीसहित एमाले प्रदेश १ कमिटी सदस्य डा. देवराज रोका (कल्याण), प्रदेश कमिटी सदस्यहरु विमल कार्की र सुरेश तामाङ सिफारिस भएका छन् ।

मञ्जुकुमारी चौधरी यसअघि पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिइन् । कांग्रेस नेता तथा परराष्ट्र मन्त्री नारायण खड्कासँग पराजित भएकी थिइन् ।

त्यस्तै विमल कार्की प्रदेश सांसद हुन् । अघिल्लो प्रदेश सभा चुनावमा उदयपुर क्षेत्र नम्बर १ मा रहेको दुई क्षेत्र मध्ये कार्की (क) बाट निर्वाचित भएका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ बाट एमाले प्रदेश १ का उपसचिव शैलेस लामासहित एमाले प्रदेश १ कमिटी सदस्यहरु वेदप्रसाद पोखरेल, कला घले, अम्बरबहादुर रायमाझी, प्रेम गौतम, भेषराज थापा र जिल्ला कमिटी उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ सिफारिस भएका छन् ।

कला घले अघिल्लो प्रदेश सभाको चुनावमा निर्वाचित प्रदेश सांसद तथा मन्त्रीसमेत थिइन् । घले उदयपुर क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित भएकी थिइन् ।  त्यस्तै शैलेस लामा अनेरास्ववियुका पूर्व उपाध्यक्षसमेत हुन् ।

त्यसैगरी निर्वाचन क्षेत्र १ (क) बाट कुशलबाबु बस्नेत, धनपति आचार्य, नारद निरौला, राजेन्द्र कटुवाल, भीम पौडेल, शम्भु पौडेल, ईश्वरा पौडेल गेलाल सिफारिस भएको छ । निर्वाचन क्षेत्र १ (ख) बाट ईश्वरमणि राउत, प्रकाशकुमार बस्नेत, प्रमेश्वर घिमिरे र महेश रेग्मीको नाम सिफारिस भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र २ (क) खेम पाचे मगर, गजेन्द्रबहादुर खड्का, जीवन कार्की, देवराज राई, तेजबहादुर राउत, चक्रबहादुर गुरुङ (अर्जुन), हिमबहादुर मगर सिफारिस भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र २ (ख) बाट संजिव कार्की , नोखबहादुर श्रेष्ठ , कृष्णराज दनुवार , रतन पोखरेल, रेणुका मल्ल ठकुरी, लालबहादुर भण्डारी, रमेश तिवारी, तुलसी चौलागाई, नवराज पोखरेल, जीवनाथ दाहाल, शोभा कार्की, र उद्धवसिंह थापा रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र (ख) बाट समानुपातिकका लागि कमलमाया राई, भीम दर्नाल, तारा तामाङ र मनोज तामाङको नाम सिफारिस गरेको छ । आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस भएसँगै यस क्षेत्रमा पनि चुनावी सरगर्मी बढ्न थालेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : ५९ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै