‘हट अवतार’ मा प्रियंका कार्की, फ्यानले भने - सुहाएन ! | Khabarhub Khabarhub

‘हट अवतार’ मा प्रियंका कार्की, फ्यानले भने – सुहाएन !


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज जोशीको रिल जोडी रहेको फिल्म ‘प्रेम दिवस’ सिनेमा घरमा केही हप्ताअघि रिलिज भयो । यो फिल्मले हलमा पानीसमेत भन्न पाएन । यसरी भनौँ, फिल्म नेपालका केही हलमा सुटुक्क आयो र सुटुक्क गयो ।

फिल्मका शीर्ष कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई प्रचारमा हिँडेको पनि देखिएन । फिल्म पूराका पूरा फ्लप भयो ।

धेरैले भन्न थालिसकेका छन्, अब प्रियंकाका फिल्म चल्दैनन् । यो आरोपलाई प्रियंकाले कसरी प्रमाणित गर्छिन्, त्यो समयले बताउला ।

सामाजिक सञ्जालमा भने प्रियंकाले झनभन्दा झन् हट तस्वीर शेयर गर्न थालेकी छिन् । केही वर्षयता उनले सामाजिक सञ्जालमा प्रायः बिकिनी लगाएर खिचिएका तस्वीर अपलोड गर्ने गरेकी छिन् ।

हालै उनले भैरहवा पुगेर खिचेका हट तस्वीर शेयर गरेकी छिन् । तर, ती तस्वीरमा फ्यानले सकारात्मकभन्दा बढी नकारात्मक प्रतिक्रिया गरेका छन् । प्रियंकाले इन्स्टाग्राममा अपलोड गरेको तस्वीरमा एक फ्यानले लेखेका छन्, ‘निकै नै इडिट गरेको तस्वीर !’ त्यस्तै अर्का एक प्रयोगकर्ताले कमेन्ट छोडेका छन्, ‘सुहाउनेसम्म गर्नु ठीक होला है !’

उनको तस्वीरमा कतिले बढ्ता सम्पादन गरिएको भन्दै कमेन्ट गरेका छन् भने कतिले सुन्दर देखिएको भन्दै प्रियंकाको तारिफ गरेका छन् । ‘एनिमेसन गरेको झैँ देखियो,’ एक प्रयोगकर्ताले लेखेका छन् ।

सामाजिक सञ्जालमा प्रियंकाको तस्वीरमा कमेन्टको भने वर्षात् हुने गर्छ । उनले शेयर गरेका तस्वीरमा फ्यानले गाली गरे पनि ती कमेन्ट भने प्रियंकाले हटाउँदिनन् ।

यस वर्ष फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएकी प्रियंकाले जाने बेलामा आफू त्यहाँ रेड कार्पेटमा हिँड्ने बताएकी थिइन् । पछि भने उनी रेड कार्पेटमा हिँड्नै पाइनन् । त्यसपछि प्रियंकाको यति विरोध भयो कि, उनले कमेन्ट नै गर्न नमिल्ने बनाउनुप–यो ।

पछिल्लो समय प्रियंका फिल्ममा असफल भए पनि सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा अपलोड गरेका ‘हट’ तस्वीरमा प्रियंकालाई सकारात्मकभन्दा बढी नकारात्मक कमेन्ट आउने गर्छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : २९ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न