‘हट अवतार’ मा प्रियंका कार्की, फ्यानले भने – सुहाएन ! « Khabarhub

‘हट अवतार’ मा प्रियंका कार्की, फ्यानले भने – सुहाएन !


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी आयुष्मान देशराज जोशीको रिल जोडी रहेको फिल्म ‘प्रेम दिवस’ सिनेमा घरमा केही हप्ताअघि रिलिज भयो । यो फिल्मले हलमा पानीसमेत भन्न पाएन । यसरी भनौँ, फिल्म नेपालका केही हलमा सुटुक्क आयो र सुटुक्क गयो ।

फिल्मका शीर्ष कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई प्रचारमा हिँडेको पनि देखिएन । फिल्म पूराका पूरा फ्लप भयो ।

धेरैले भन्न थालिसकेका छन्, अब प्रियंकाका फिल्म चल्दैनन् । यो आरोपलाई प्रियंकाले कसरी प्रमाणित गर्छिन्, त्यो समयले बताउला ।

सामाजिक सञ्जालमा भने प्रियंकाले झनभन्दा झन् हट तस्वीर शेयर गर्न थालेकी छिन् । केही वर्षयता उनले सामाजिक सञ्जालमा प्रायः बिकिनी लगाएर खिचिएका तस्वीर अपलोड गर्ने गरेकी छिन् ।

हालै उनले भैरहवा पुगेर खिचेका हट तस्वीर शेयर गरेकी छिन् । तर, ती तस्वीरमा फ्यानले सकारात्मकभन्दा बढी नकारात्मक प्रतिक्रिया गरेका छन् । प्रियंकाले इन्स्टाग्राममा अपलोड गरेको तस्वीरमा एक फ्यानले लेखेका छन्, ‘निकै नै इडिट गरेको तस्वीर !’ त्यस्तै अर्का एक प्रयोगकर्ताले कमेन्ट छोडेका छन्, ‘सुहाउनेसम्म गर्नु ठीक होला है !’

उनको तस्वीरमा कतिले बढ्ता सम्पादन गरिएको भन्दै कमेन्ट गरेका छन् भने कतिले सुन्दर देखिएको भन्दै प्रियंकाको तारिफ गरेका छन् । ‘एनिमेसन गरेको झैँ देखियो,’ एक प्रयोगकर्ताले लेखेका छन् ।

सामाजिक सञ्जालमा प्रियंकाको तस्वीरमा कमेन्टको भने वर्षात् हुने गर्छ । उनले शेयर गरेका तस्वीरमा फ्यानले गाली गरे पनि ती कमेन्ट भने प्रियंकाले हटाउँदिनन् ।

यस वर्ष फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएकी प्रियंकाले जाने बेलामा आफू त्यहाँ रेड कार्पेटमा हिँड्ने बताएकी थिइन् । पछि भने उनी रेड कार्पेटमा हिँड्नै पाइनन् । त्यसपछि प्रियंकाको यति विरोध भयो कि, उनले कमेन्ट नै गर्न नमिल्ने बनाउनुप–यो ।

पछिल्लो समय प्रियंका फिल्ममा असफल भए पनि सामाजिक सञ्जालमा भने सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा अपलोड गरेका ‘हट’ तस्वीरमा प्रियंकालाई सकारात्मकभन्दा बढी नकारात्मक कमेन्ट आउने गर्छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : २९ बजे

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै

मुकुन्डो नाच पुस्तक विमोचन

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने नेवार समुदायको परम्परागत मुकुन्डो

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

भक्तपुर– चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहस : लगानी भित्र्याउन जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा