विश्व इतिहासमा आज : तास्मानियन बाघ विलुप्तदेखि ‘इभान’नामक तुफानसम्म  | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : तास्मानियन बाघ विलुप्तदेखि ‘इभान’नामक तुफानसम्म 


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज २०७९ साल भदौ २२ गते बुधबार । सन् २०२२ को सेप्टेम्बर ७ तारिख । आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २००४ सेप्टेम्बर ७ मा क्यारिबियन सागरमा अवस्थित ग्रेनाडा टापुमा आएको ‘इभान’ नामक तुफानले त्यहाँका ९० प्रतिशत भौतिक संरचनामा क्षति पुर्‍याउँदै ३९ जनाको ज्यान लिएको थियो ।

सन् १९७९ सेप्टेम्बर ७ मा संयुक्त राज्य अमेरिकामा मनोरञ्जन तथा खेलकुद प्रोग्रामिङ नेटवर्क इएसपीएनको सुरुवात भएको थियो ।

सन् १९७८ सेप्टेम्बर ७ मा बुल्गेरियाका प्रसिद्ध लेखक जोर्जी मार्कोभको हत्या भएको थियो । पिकाडिली नामक हत्याराले छाताको प्रयोग गर्दै राइसिन रसायन मार्कोभको खुट्टामा घोचेका थिए ।

सन् १९७८ सेप्टेम्बर ५ मा इङ्लिश ड्रमर, निर्माता र गीतकार किथ मुनको निधन भएको थियो ।  चिकित्सकले दिएको हेमिनेभिरिन औषधीको ओभरडोजका कारण उनको ३२ वर्षको उमेरमा निधन भएको थियो ।

सन् १९७७ सेप्टेम्बर ७ मा संयुक्त राज्य अमेरिका र पनामाका राष्ट्रप्रमुखले एक सन्धिमा हस्ताक्षर गर्दै पनामा नहरको सार्वभौम अधिकार पनामालाई फिर्ता गरेका थिए ।

सन् १९४० सेप्टेम्बर ७ मा तत्कालीन नाजी जर्मनीले संयुक्त अधिराज्य बेलायतमा रणनीतिक बम आक्रमण सुरु गरेका थिए । यसपश्चात् ५७ दिनसम्म लन्डनमा हवाई आक्रमणअन्तर्गत बम खसाइएको थियो । यसले २० हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो ।

सन् १९३६ सेप्टेम्बर ७ मा दुर्लभ तास्मानियन बाघ विलुप्त भएको थियो । अष्ट्रेलियाको तास्मानिया टापुस्थित होबार्ट चिडियाखानामा रहेको विश्वको अन्तिम तास्मानियन बाघको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ६ : ४३ बजे

बीपीको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नेमाथि कारबाही गर्न शेखरको माग

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै समूहका नेताहरूले

एलजी नेपालले प्रस्तुत गर्‍यो ‘एफेक्सनेट इन्टेलिजेन्स’

काठमाडौं– एलजी नेपालले ग्लोबल इनोवेसनको अवधारणा एफेक्सनेट ‘इन्टेलिजेन्स’ लाई दुईदिने कार्यक्रममार्फत

शेखरले सभापति देउवालाई सोधे- के कारणले एमालेलाई सरकारको नेतृत्व सुम्पिनु भयो ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एकवर्ष अघि नेकपा

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै

युवा लक्षित लगानी र जलवायुमैत्री शासनमा जोड

काठमाडौं– सरोकारवालाहरुले युवा लक्षित लगानी वृद्धि, युवा तथा जलवायुमैत्री स्थानीय