वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै | Khabarhub Khabarhub

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पर्सा – वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो । गण्डक चोकदेखि विद्युत् गृह, घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिणमा शङ्कराचार्य द्वारसम्म सडकको दायाँबायाँ अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना जारी गरिएको छ ।

सडकको दुवैतर्फ निर्माण भएका घरको महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिइ ३५ दिनभित्र महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा सम्पर्क राख्न सरोकारवालालाई आग्रह गरिएको छ । सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने सिंहले बताए ।

औषधि गोदाम सिल

वीरगञ्जको औषधि कम्पनीको गोदाममा जिल्ला प्रशासन कार्यालयको टोलीले छापामारी सिल गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीले युपिएस फर्मा र जि फर्मा लिङ्कमा छापा मारेर गोदाम सिल गरेको हो ।

उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलका अनुसार अनुगमनका क्रममा कम्पनीको गोदाममा म्याद नाघेका औषधि फेला परेपछि गोदाम सिल गरिएको हो।

पौडेलको नेतृत्वमा मञ्च, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधि व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुत्त टोलीले गोदाममा छापा मारेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : १५ बजे

दश महिनापछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु 

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा (ख) को

कञ्चनपुरमा डुबानमा परेको परिवारको उद्धार

कञ्चनपुर– गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता

एजेन्सी – जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले

सकियो सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा