एसिया कप क्रिकेट : श्रीलंकासँग भारत पराजित  « Khabarhub

एसिया कप क्रिकेट : श्रीलंकासँग भारत पराजित 


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युएईमा जारी टी–२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतमाथि ६ विकेटको रोमान्चक जित निकालेको छ ।

लगातार दोस्रो जितसंगै श्रीलंकाको फाइनल समीकरण सहज बनेको छ । लगातार दोस्रो हार बेहोरेको भारतको सम्भावना झिनो बनेको छ । भारत सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो ।

१ सय ७४ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाएर विजयी भयो । श्रीलंकाको जितमा ओपनर कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाए। भारतका स्पिनर युजभेन्द्र चहलले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ७२ रनमा आउट भए । सूर्यकुमार यादवले ३४ रनको योगदान गरे । श्रीलंकका बलर दिलशान मदुशनकाले ३ विकेट लिए ।

अब, भारतले अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ । बुधबार अफगानिस्तान र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ५० बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष