इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण « Khabarhub

इटहरीको टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

सुनसरी – जिल्लाको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ ।

वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए । पछिल्लो समयमा पायकपर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । टोल विकास संस्थासँग समन्वय गरेर पालैपालो परिचयपत्र वितरण गर्न लागिएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र आफ्नै टोलबाट पाउने व्यवस्था भएपछि वडावासी उत्साहित बनेका छन् । जिल्ला सदरमुकाम जानुपर्दा समय बढी लाग्ने गरेकामा अहिले सजिलो भएको स्थानीय माधव न्यौपाने बताए। यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले लामो लाइन बस्नुपर्ने समस्या थियो । अहिले वडास्तरबाटै लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई समय र खर्च बचत भएको छ । लाइन बस्नुपर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १० : ४० बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत