सोमप्रसाद पाण्डे पाल्पा–२ बाट एकल सिफारिस « Khabarhub

सोमप्रसाद पाण्डे पाल्पा–२ बाट एकल सिफारिस


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाल्पा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन्।

उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन्। उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट विजयी भएका थिए । उनले सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० को निर्वाचनमा पनि एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । सोही क्षेत्रमा एमालेबाट पोलिटब्यूरो सदस्य ठाकुर गैरेको एकल नाम पार्टीले सिफारिस गरेको छ।

प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ । क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जिआर, निमनारायण ढुङ्गानालाई सिफारिस गरेको छ भने क्षेत्र २ (ख) मा झलक रायमाझी र कमल रायमाझी उम्मेदवारका रूपमा सिफारिस भएका छन् । प्रदेशसभामा समानुपातिकतर्फ गोदावरी ज्ञवाली, बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको छ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा लेखनाथ पोखरेललाई सिफारिस गरेको छ भने समानुपातिकमा अल्पसङ्ख्यकमा रमा घर्ती सिफारिसमा परेका छन्। प्रत्यक्षमा प्रदेशसभा सदस्य (क) मा विनोद श्रेष्ठ र कमल सेन सिफारिसमा परे भने (ख) मा पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठ छन्।

समानुपातिकमा क्षेत्र १ (क) महिला तारा कँडेल, दलितमा सर्वजित विश्वकर्मा र क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरिएको छ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ११ : ५९ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट