लमजुङ अस्पतालमा बढ्यो बिरामीको चाप  « Khabarhub

लमजुङ अस्पतालमा बढ्यो बिरामीको चाप 


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङमा बिरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।

अस्पतालमा साउनयता बिरामीको संख्या बढ्दै गएको छ । वृद्ध वृद्धा, वयस्कदेखि वृद्धवृद्धासम्म बिरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ ।

वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान नपुग्दा बिरामी बढेको चिकित्सकहरू बताउँछन् । वृद्ध वृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने गरेको छ ।

वृद्धवृद्धामा दम, छाती दुख्ने समस्या र बालबालिकामा सुक्खा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । अस्पतालमा आउनेलाई खानपानमा र सरसफाइमा ध्यान पुर्‍याउन अस्पतालले सल्लाह, परामर्श दिँदै आएको  छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १ : ०० बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट