लमजुङ अस्पतालमा बढ्यो बिरामीको चाप  « Khabarhub

लमजुङ अस्पतालमा बढ्यो बिरामीको चाप 


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङमा बिरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।

अस्पतालमा साउनयता बिरामीको संख्या बढ्दै गएको छ । वृद्ध वृद्धा, वयस्कदेखि वृद्धवृद्धासम्म बिरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ ।

वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान नपुग्दा बिरामी बढेको चिकित्सकहरू बताउँछन् । वृद्ध वृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने गरेको छ ।

वृद्धवृद्धामा दम, छाती दुख्ने समस्या र बालबालिकामा सुक्खा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । अस्पतालमा आउनेलाई खानपानमा र सरसफाइमा ध्यान पुर्‍याउन अस्पतालले सल्लाह, परामर्श दिँदै आएको  छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  १ : ०० बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति