देउडामय बन्यो डडेल्धुरा सदरमुकाम « Khabarhub

देउडामय बन्यो डडेल्धुरा सदरमुकाम


२२ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डडेल्धुरा जिल्ला सदरमुकाम पछिल्लो समयमा देउडामय बनेको छ । देउडा खेल्न र हेर्नेको जिल्ला सदरमुकाममा घुइँचो छ । स्थानीय गाउँमा गौरा पर्वको समापन भएसँगै जिल्ला सदरमुकाम बागबजारमा गौरा महोत्सवको आयोजना गरिएको हो ।

मङ्गलबारदेखि राष्ट्रिय गौरा महोत्सव, २०७९ सुरु भएसँगै जिल्ला सदरमुकाम बागबजार र तोफानडाँडा क्षेत्र देउडामय बनेको हो । स्थानीय संस्कृतिको जगेर्ना र पहिचान गर्न सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा महोत्सवको आयोजना गरिएको गौरा महोत्सव मूल आयोजक समितिका संयोजक देवराज भट्टले जानकारी दिए ।

मङ्गलबार दिउँसोदेखि सुरुआत भएको गौरा महोत्सवमा जुम्ला, कालीकोट, बैतडीका देउडियासमेत सहभागी छन् । गौरा, महेश्वरलाई फाग गाउँदै महिलाले बसपार्कमा बालो नाच प्रदर्शन गरिरहेका छन् भने पुरुष तथा अन्य महिला देउडामा झुमिरहेका छन् ।

महोत्सवमा सुदूरपश्चिमका नौवटै जिल्लासहित कर्णालीको कालीकोट जिल्लाबाट समेत डेउडिया कलाकारको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा गौरानाच, बालो नाच, चैत, धुमारी, फाग, भुइँचम्फा, हुड्केली, महिला तथा पुरुष डेउडाजस्ता यहाँका कलासंस्कृति समेटिने गरी सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । महोत्वसमा डेउडा खेल खेल्ने डेउडियालाई खादा प्रमाणपत्रसहित नगद पुरस्कारले सम्मान गरिने छ ।

धर्म संस्कृतिको जगेर्ना तथा स्थानीय कला संस्कृतिको सम्मान र युवापुस्तामा परम्परा हस्तान्तरण होस् भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष भट्टले बताए । चार दिनसम्म आयोजना हुने महोत्सवमा युवादेखि बूढापाका देउडा खेलमै रमाउने गरेको देख्न सकिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : १० बजे

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ– बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक

बाख्रा पालनबाट स्वरोजगार

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइमा सुविधा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण