यु-१७ साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा « Khabarhub

यु-१७ साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भुटानलाई २-१ ले पराजित गर्दै नेपाल एक खेल अगावै श्रीलंकाको कोलम्बोमा जारी साफ यु १७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितमा युनिस बुढाथोकी र सिमान्त थापाले समान एक गोल गरे । भुटानका जितसुन दोर्जेले एक गोल गरे ।

समूह बी मा नेपाल र साविकको विजेता भारतको समान ३ अंक छ । दुवै टोलीले अन्तिम चारमा स्थान बनाएका छन् । शुक्रबार भारतविरुद्धको खेलमा जित निकालेमा नेपाल समूह विजेता बन्नेछ ।

समूह ए बाट भने बंगलादेश लगातार दोस्रो जितसँगै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । यसअघि पहिलो खेलमा आयोजक श्रीलंकालाई ५-१ ले हराएको बंगलादेशले दोस्रो खेलमा माल्दिभ्सलाई ४–० ले हरायो ।

शुक्रबार हुने श्रीलंका र माल्दिभ्सबीचको खेलले सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोलीको टुङगो लगाउनेछ । भुटान भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : १५ बजे

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

सोमबार बिहानै जानकी मन्दिरमा बालेन, साथमा देखिए अमरेशकुमार सिंह

काठमाडौं – आइतबार साँझ जनकपुरधाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको