लमजुङमा १८ हजारले बनाए राष्ट्रिय परिचयपत्र  « Khabarhub

लमजुङमा १८ हजारले बनाए राष्ट्रिय परिचयपत्र 


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लमजुङ – देशभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेसँगै लमजुङमा पनि राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा हालसम्म १८ हजार २४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।

जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए । उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र  बनाउनेको संख्या १८ हजार दुई सय ४१ जना रहेको छ। जसमा  महिला  सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको प्रजिअ वैद्यले बताए ।

वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्रअनिवार्य माग गरेपछि जिल्लाका वैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रशासनमा परिचयपत्र बनाउन आउने मानिसको संख्या वृद्धि भएको हो।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : ५१ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको

धनुषा-सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै

जनकपुरधाम– धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै

एनसेलको आम्दानीको ६० प्रतिशत हिस्सा राज्य कोषमा

काठमाडौं– निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेलले व्यवसायमा आएको