छुटमा खाद्यान्न वितरण « Khabarhub

छुटमा खाद्यान्न वितरण


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिमकोट– नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ ।

 दशैँका लागि प्रतिकेजी सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज बिक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि  कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए । लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो ८५, अरुवा मध्यम ६२, अरुवा मोटो ५८, बासमती ११०, सोनामन्सुली ६५, अरुवा मकावनपुर ६० मा बिक्री गर्दै आएको छ । बीस केजी चामलको १४०, २५ केजीको १७५, ३० केजीको २१० छुटमा वितरण गरिने उनले जानकारी दिए । 

चामल कम हुँदा वितरण स्थगित

उक्त शाखाको  हुम्लास्थित गोदाममा चामल कम हुँदा अहिले वितरण कार्य  बन्द गरेको छ । दशैँ नजिक आउन लाग्दा चामल कम भएकाले वितरण बन्द गरिएको जनाइएको हो । हुम्लामा विगतका वर्षमा समेत दशैँको मुखमा चामल अभाव हुँदै आएको छ । शाखाका निमित्त प्रमुख आचार्यले अहिले गोदाममा १६ सय क्विन्टल मात्र चामल रहेकाले वितरण स्थगित गरिएको बताए । ‘दशैँ नजिकै आउँदैछ गोदाममा चामल कम छ, त्यसैले असोज एक गतेदेखि  वितरण गरिने भएकाले भदौ महिनामा बिक्री वितरण स्थगित गरिएको हो,’ उनले भने ।

एक पटक  खाद्यान्न बिक्री वितरण गर्न झण्डै ३३ सय क्विन्टल चामल आवश्यक पर्ने भएपनि यो पटक गोदाममा १६ सय क्विन्टल मात्रै मौजाद रहेको छ । वर्षेनी हुम्लाको लागि चामल बढी आउने भएपनि दशैँको मुखमा आफूहरूले नपाउने गरेको खार्पुनाथ गाउँपालिका-४ नैन बहादुर रावलले गुनासो गरे । उक्त गाउँपालिकामा रहेको वितरण केन्द्रबाट आठ महिनादेखि खार्पुनाथबासीले चामल नपाएको उनको भनाइ थियो । 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ३ : ४६ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र